डोको बोक्दा डोको पनि भारिनै हुन्छ त्योसैले दुपट्टामा घाँस काटेको। एउटा गाईछ र ५,६ वटा बाख्रा छन । दिनमा ४ दुपट्टा घाँस काट्छु। पहिले निकुञ्जको पोस्टमा शोधेपछी घाँस र पात टिप्न दिन्थ्यो ।सङकट्काल लागेपछी त्यो पनि दिन छाड्यो अब त गाईबस्तु पाल्न पनि गाह्रो भएको छ। आफ्नो घरको काम सक्काएर अरुको खेतमा काम गर्न जान्छु। खेतमा बँदेल हरिनहरुले सबै बाली खाइदिन्छन । बरु सरकारले अन्तै सुरक्षित ठाउमा सारिदीए हुन्थ्यो। अछामबाट यहाँ अएको वहाँ धेरै दुख भएर यता भए सरकारी भएपनी स्कुलहरु हुन्छन भनेर।
भुरिगाउ, बर्दिया राष्ट्रिय निकुञ्ज