
“४ वर्षको हुँदा मेरो खुट्टा मड्केको थियो। तव त्यसमा वाँसको काम्रा लगाईयो। घाउ भित्रभित्रै पाक्न र सढ्नथाल्यो। त्यसरी खुट्टा गुमाउनुपर्ने अवस्था आयो।
एकचोटी (सार्वजनिक) गाडी चढेको थिएँ। गाडी चढिकसेपछि पनि मलाई धकेलेर निकालियो। त्यसवेला लाग्यो कि म कमजोर रहेछु। आफ्नो खुट्टामा आफैँ उभिनुपर्यो भन्ने भावना मनमा आयो। साइकल् चढ्नुपर्यो भन्ने सोच आयो। त्यसैवेला टम् व्हिटेक्करले सगरमाथा चढेका थिए। पुष्कर शाहले विश्व साइकल् यात्रा शुरु गरेका थिए।
‘अपाङ्गको चाहना स्थायी शान्तिको कामना’ नारा राखेर मैले २०५९/६० सालमा महाकालीमेची साइकल् यात्रा गरेँ। ३१ जिल्ला पुगेँ। ३३०० किलोमीटर् साइकल् चलाएँ। अपाङ्ग पनि कोहिभन्दा कम हुँदैनन् भनेर। अरूले जे काम गर्छन् अपाङ्गले पनि गर्नसक्छन् भन्ने सन्देश मैले यात्रामार्फत् दिएँ। त्यसपछि पनि यस्ता थुप्रै साइकल् यात्राहरू गरेँ र विभिन्न प्रतिस्पर्धामा भाग लिएँ।
अव अर्को भ्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा गर्नुछ। अहिले पनि त्यहाँ अपाङ्ग कामै छैनन्। वेकार छन् भन्ने सामाजिक मान्यता छ। त्यस्तो होइन भनेर देखाउनुछ। त्यसवाहेक ‘प्यारलिम्पिक्स्’मा पनि भाग लिने इच्छा छ।
यी इच्छा साकार गर्न अवरोध भनेकै एउटा नयाँ र हलुका साइकलको कमी हो। आजकल त्यसैका लागि ‘स्पन्सर्’ खोज्दैछु।
यमलाल रसाइली
लम्की • कैलाली
स्वदेश वचाउन #क्षमा #xamaa