“खासमा हामी दमाई हौं, दमाई नराम्रो भनेर हो वा के हो सरकारले परियार बनाईदियो नागरिकतामा । तर ‘टेलरिङ्ग’ काम गरेर नै जीवन बिताईएको छ, नेपालगञ्जमा पनि र अहिले यहाँ पनि । विदेश जानुभन्दा त राम्रै हो नी ।
छोरोको पढाई त्यत्ति राम्रो छैन । आजकलको केटो वढी खेलमै ध्यान दिन्छ, तर मैले दवाव दिन्न । पछि गएर पढे पनि धस्सिनुपर्छ, नपढेपनि धस्सिनैपर्छ । यो उमेरमा दवाव किन दिने ? बाउ केका लागि ?”
(वोडगाउँ, कपिलवस्तु)